कसरी त’नावग्र’स्त बन्याे सुर्खेत ? कर्फ्यू कायमै




सुर्खेत :

कर्णाली प्रदेशकाे राजधानीसमेत रहेकाे सुर्खेतकाे वीरेन्द्रनगरमा साेमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितकाे विराेधमा साेमबार आह्वान भएकाे बन्दका क्रममा एमालेकाे पार्टी कार्यालय र प्रहरी बिटमा आ’गज’नी भयाे । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) काे कार्यालयमा तो’डफो’ड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूकाे स्थिति पैदा भएकाे हाे ।

शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्याे ? एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।

कर्णालीमा यी दलको राजनीतिक संगठन त्यति बलियो छैन । सुर्खेतमा झनै कम रहेको छ । सोमबार बिहान यी राजनीतिक दलले निकालेको र्‍यालीमा न्यून सहभागिता थियो ।

कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारणले बजार, स्कुल, सवारीसाधन चल्न सकेनन् । दिउँसो १२ बजेसम्म सुर्खेत बजार शान्त नै थियो ।

मुख्य बजारका चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति थियो । दिउँसो १२ बजेसम्म शान्त रहेको बजार क्षेत्र एकाएक रणमैदान परीणत भयो ।

दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झ’डप भएको थियाे । झ’डपमा प्रहरीले अ’श्रुग्याँ’स प्र’हा’र गर्‍याे ।

आन्दोलनकारीले ढुं’गा प्र’हा’र गर्दा प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा त’नावग्र’स्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अ’श्रुग्या’स समेत हा’नेको थियाे,’ उनले भने ।

प्रहरीमाथि ढुं’गा प्र’हा’र गर्नेमा स्कुले विद्यार्थी, सवारी चालक पनि रहेकाे प्रहरी दाबी छ ।

पार्टी कार्यालयमा आ’गजा’नी र प्रहरी बिटमा आ’गज’नी

आन्दोलनकारीले प्रहरीसँग ठाउँठाउँमा झ’डप हुँदै जाँदा साेमबार साँझ वीरेन्द्रनगर-६ गोदाम लााइनमा रहेका एमालेको कार्यालयमा आ’गज’नी गरे । नेपाली कांग्रेसको कार्यालयमा तो’डफो’ड गरे, भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तो’डफो’ड गर्न लाग्दा प्रहरीले बचाएको थियो । पार्टी कार्यालय बचाउन लाग्दा मंगलगढी चोकमा रहेको प्रहरी बिट आन्दोलनकारीले जलाइसकेका थिए ।

कर्फ्यू जारी

सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था त’नावग्र’स्त बनेपछि जिल्ला प्रशासन कार्यालयले साेमबारबाट कर्फ्यू आदेश जारी गरेको हो ।

सोमबार साँझ सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएकाे प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ,’ उनले भने । स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्