रुसी आ क्रमणमा ७० भन्दा धेरै युक्रेनी सैनिकको मृत्यु




काठमाडौं ।

युक्रेनको ओख्तिर्का सहरमा रुसले गरेको आ क्रमणमा परी ७० युक्रेनी सैनिकको मृत्यु भएको छ। याे युक्रेनकाे राजधानी किभ र खार्किभ सहरको बीचमा पर्ने सहर हो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको जानकारीअनुसार आइतबार भएको उक्त आ क्र मणमा युक्रेनी सैनिकहरुको मृत्यु भएको हो।

युक्रेनको सुमि क्षेत्रको प्रमुख डिमित्रो झिभित्स्कीले युक्रेनको सैन्य क्याम्पमा रुसी सेनाले आक्रमण गरेको र अहिले घटनास्थलबाट सैनिकहरुको शव निकाल्नको लागि उद्धारकर्ताहरुको टोली खटाइएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गर्दै उनले उल्लेख गरेका छन्, ‘धेरै मानिसको मृत्यु भएको छ। अहिले घटनामा मृत्यु भएका ७० युक्रेनी सैनिकको लागि चिहान तयार पार्ने काम भइरहेको छ।’

उनले रुसको तर्फ पनि ठूलो क्षति भएको उनले उल्लेख गरेका छन्। यद्यपि रुसको तर्फ भएको क्षतिको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्