एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली




काठमाडौं :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।

यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए ।

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चो’ट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्छ ।

‘यस घोषणासँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारवाजीको पटाक्षेप भएको छ। यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता-गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ,’ ओलीको विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्