धरानमा भेटियो दुई शव, एक महिलाकाे मात्र पहिचान, पुरुषको सनाखत बाँकी




सुनसरीको धरान :

१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले ह’त्या ग’रे’को हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको ह’त्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् । उक्त शवको सनाखत भएको छैन । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान- ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो ।

मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शरीरमा चो’टपटक केही पनि देखिएको छैन । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्