ब’लात्का’रसम्बन्धी कानूनको समीक्षा गरौँः पत्रकार बबिता बस्नेत



काठमाण्डौ ।

२०७८ साल असार महिनाको कुरा हो । महिलाविरुद्ध हिं’सामा कार्यरत एउटा संस्थाले ब’ला’त्का’रको कारणका सम्बन्धमा अनुसन्धान गरिरहेको रहेछ । अनुसन्धानका क्रममा ब’ला’त्का’रीको मनस्थिति बुझ्न आवश्यक थियो । जसका लागि ब’ला’त्का’र मुद्दामा सजाय काटिरहेका ब्यक्तिहरूलाई भेटेर कुराकानी गर्नुपर्ने हुन्थ्यो । ब’ला’त्का’रको सजाय भोगिरहेका केही पुरुषको ‘केस स्टडी’ गर्ने काममा म पनि संलग्न भएँ ।

विभिन्न जेलमा जेलरमार्फत संयोजन गरेर ब’ला’त्का’रका अ’प’राधीहरू भेट्छु भन्ने योजनाका साथ मैले सहजै यो काम स्वीकार गरेकी थिएँ । तर पछि थाहा भयो, कोभिडका कारण अ’प’राधीका आफन्तलाई समेत जेलमा भेट्न दिइएको रहेनछ । त्यस क्रममा डिल्लीबजारदेखि नख्खु कारागार हुँदै विभिन्न जिल्लाका जेलमा ड्युटी बसेका सुरक्षाकर्मीहरूसँग र पोखरा जेलमा रहेका केही कैदी(बन्दीसँग फोनमा कुरा गरेँ । फोनमा कुरा गरेर ‘केस स्टडी’ लेख्न सम्भव थिएन । केही जानकारीहरू भने अवश्य मिल्यो ।

२०७८ साउन ७ गते बिहीबार भक्तपुरस्थित सुधारगृहमा मैले ब’ला’त्का’रको अ’प’रा’धमा सजाय काटिरहेका १७४ मध्ये केही युवाहरू भेटेँ । २०७८ साल साउन ६ गतेसम्म ब’ला’त्का’रका अ’प’रा’धीलाई फाँ’सी’को सजाय हुनुपर्छ भन्ने मान्यता राख्दै आएकी मलाई आफूले कुरा गरेकामध्ये केही युवाहरूले भोगिरहेको वास्तविकताले हाम्रो जस्तो देशमा फाँ’सी’को सजाय दिने कानून बन्न हुँदैन भन्ने लाग्यो । सहमतिको स’म्ब’न्ध र ब’ला’त्का’रका बीचको फरक छुट्याएर कानूनी प्रक्रिया अवलम्बन गर्नुपर्छ भन्ने मेरो मान्यता पुरानै हो ।

ब’ला’त्का’रका मुद्दामा कुनै पनि प्रकारको माफी या कानूनी कार्वाहीमा तलमाथि स्वीकार्य छैन । मैले भेटेकामध्ये केहीले ब’ला’त्का’र गरेका थिए र, उनीहरूले कानुनी सजाय भोगिरहेका छन्, जुन भोग्नैपर्थ्योरपर्छ । तर केही युवा भने सहमतिको स’म्ब’न्ध भए पनि जेल सजाय का्िटरहेका छन् । जसमध्ये एक युवाको वास्तविकता यस्तो छ( अहिले १७ वर्षका ती युवा घटना हुँदा १५ वर्षका रहेछन् ।

२०७६ साल कार्तिकमा उक्त घटना हुँदा उनी काभ्रेस्थित प्रहरी स्कुलमा १० कक्षामा पढ्दैरहेछन् । जनजाति परिवारका उनका बाबु कान्छीआमासँग धरानमा बस्छन्, आमा दुबईमा । दाइ पनि विदेशमा छन् । उनी मामाघरकी हजुरआमासँग काभ्रेमा बस्थे । साथीहरूको सङ्गतले कुलतमा फ’सेका उनले काभ्रेकै आफूभन्दा दुई वर्ष जेठी केटीलाई ग्या’ङवा’ला केटाहरूले दु’र्व्यव’हा’र गर्न खोज्दा बचाएका रहेछन् । आफूलाई बचाएपछि केटीले उनलाई बारम्बार फोन गर्न थालिन् र भेट्न आग्रह गरिन् ।

केटाको आफ्नै गर्लफ्रेण्ड भएकाले खासै वास्ता गरेनन् । सधैं म्यासेज पठाउने, फोन गर्ने गरेपछि उनीहरू भेट्न थाले । गलत गरुँ भन्ने चाहना कसैलाई हुँदैन तर सँगै रहँदारबस्दा या प्रेम स’म्ब’न्धमा हुँदा शा’री’रि’क स’म्ब’न्ध भयो भने हाम्रो कानूनले त्यसलाई अ’प’रा’ध मान्छ । त्यसैले १८ वर्षअघिको सहमतिको यौ’ ‘न स’म्ब’न्ध र ब’ला’त्का’रलाई छु’ट्याएर हेर्नुपर्छ । सहमतिकै भए पनि केटीको उमेर १८ वर्ष नपुगी स’म्ब’न्ध राखे ब’ला’त्का’र ठहरिने कानून गलत छ ।

केही समयपछि केटीले नै होटेलमा बोलाइन्, उनीहरूले शा’री’रि’क स’म्ब’न्ध राखे । त्यसपछि पनि उनीहरूको भेटघाट भइरहेको थियो । तीन महिनापछि एक्कासी प्रहरीले पक्राउ गऱ्यो । आफू कुलतमा फ’सेकोले सोही कुरा थाहा पाएर पक्राउ गरेको भन्ने ठाने उनले । तीन दिनसम्म नछोडेपछि आफूलाई किन पक्राउ गरेको भनेर प्रहरीसँग सोधे । ज.क मुद्दामा प्रक्राउ गरेको भन्ने प्रहरीको जवाफ उनले बुझेनन् र सोधे( ‘ज।क। भनेको के हो रु’ जवाफमा प्रहरीले ‘ज’ब’र्ज’स्ती कर णी’ भने ।

उनले त्यो पनि बुझेनन् र सोधे, ‘के हो ज’ब’र्ज’स्ती कर णी भनेको ?’ प्रहरीहिरासतमा रहेका कसैले ‘ज’ब’र्ज’स्ती कर णी भनेको ब’ला’त्का’र हो के, रे’प’ भनेपछि उनी छक्क परे । उनले त कसैलाई ब’ला’त्का’र गरेकै थिएनन् । पछि थाहा भयो, स’म्ब’न्ध राख्दा ती केटीसाथीले भिडियो खिचेकी थिइन् । त्यो भिडियो तीन महिनापछि उनकी आमाले मोबाइलमा देखेर त्यो मान्छेको खोजी गर्दै प्रहरीमा उजुरी दिइछन् ।

केटीले प्रहरीलाई आफूले केटालाई एकदम माया गर्ने भएकाले बेला(बेलामा हेर्नका लागि भिडियो बनाएको बयान दिइन् । तर केटीको उमेर १७ वर्ष मात्र भएकाले कानूनतः केटीले नै आग्रह गरेर राखिएको स’म्बन्ध भए पनि त्यो ब’ला’त्का’र भयो । अहिले उनी ब’ला’त्का’र र साइबर क्रा’इ’म दुवैको मुद्दामा जेल (सुधारगृह) मा छन् । मुलुकी अ’परा’ध सं’हि’ताको कर णीसम्बन्धी कसूरमा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ कर णी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर णी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई ज’ब’र्ज’स्ती कर णी गरेको मानिने छ’ भनिएको छ ।

यही कानूनअन्तर्गत अदालतबाट ११ वर्षको सजाय सुनाइएका उनले साइबरवाला २ वर्ष कैद ब’ला’त्का’र’को कैदभित्रै क’ट्ने र दिन(रात जोडिएर समय घट्दा अझै पनि ७ वर्ष महिना जेलमा बिताउनुपर्नेछ । मसँगको भेटमा ती युवाले भनेका थिए, ‘ब’ला’त्का’र भनेको त मैले सिनेमामा देखेको थिएँ, हिरोइनहरूले चि’च्या’एको दृष्य म हेर्नै सक्दिनथेँ, निर्मला ह’ ‘त्याका’ण्ड’मा म पनि जुलुस गएको थिएँ । केटीहरूलाई ग्याङमा साथीहरूले दु’र्व्य’व’हा’र गर्न खोज्दा बचाएको थिएँ । तर आज म आफै यस्तो घटनामा परेँ ।’

अहिले उनी ११ कक्षामा पढिरहेका छन् । जेलमा बस्दा ला’गु’औ’ष’धको कु’लत छुटेकोमा भने उनी खुशी छन् । खेलकुदमा रुचि भएका उनलाई यो देशको नामी खेलाडी बन्ने रहर छ । आफूलाई हुर्काएकी ८३ वर्षकी हजुरआमा आफू जेलबाट छुटुन्जेलसम्म बाँ’चिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । यस्ता सहमतिका स’म्बन्ध’हरू ब’ला’त्का’रमा परिणत भएर जेल सजाय का’टिर’हेकाहरूको सङ्ख्या धेरै रहेछ । जसले साँच्चीकै ब’ला’त्का’रका घटनालाई सामान्यीकरण गरिरहेको छ ।

स्कुल गएकी बालिकालाई ब’ला’त्का’र ग’री ह’ ‘त्या गर्ने मोरङका ६३ वर्षीय दीपक गिरी या पाँच वर्षीय बालिकालाई ब’ला’त्का’र गर्ने बझाङको ६१ वर्षीय जगदिश जोशी र सहमतिमा स’म्ब’न्ध राखि पछि धोखा पाएका या कारणवश कसैले मुद्दा हालेका कुनै ब्यक्तिलाई एउटै सजाय कसरी हुन सक्छ रु धोका मानिसको नैतिकता र इमान्दारीसँग जोडिएको कुरा हो । ब’ला’त्का’र ज’घ’न्य अ’प’रा’ध हो । ब’ला’त्का’रसम्बन्धी कानूनमा ग’म्भीर रूपले समीक्षा गर्नु आवश्यक छ ।

अहिले सूचना र प्रविधिको सहज पहुँच र तिनमा देखाइने या हेर्न पाइने अनेक दृष्यका कारण युवाहरूका लागि शा’री’रि’क स’म्बन्ध सामान्य हुँदै गएको छ । ३० वर्षअघि जस्तो स्कुल पढ्दा नोटकपी या किताबको बीचमा राखिदिएको प्रेमपत्र पढ्दा मुख रातो पार्ने या सोही कारणले दुई(चार दिन स्कुल नजाने अवस्था अहिले छैन । अहिलेको पुस्ता आफ्नो प्रेमी या प्रेमिकालाई सम्झिएर प्रेमपत्र लेख्दै भावुक बनेर समय बिताउँदैन । मन मिल्यो भने शा’रीरि’क स’म्ब’न्ध उनीहरूका लागि निषेधित कुरा होइन ।

हामीकहाँ ‘लिभिङ टुगेदर’मा बस्नेहरूको सङ्ख्या बढ्दो छ । एकर्कामा प्रेम भएर सँगै रहँदा(बस्दा शा’री’रि’क स’म्ब’न्ध हुँदैन भनेर सोच्न मिल्ने कुरा पनि होइन । आफूले गलत गरुँ भन्ने चाहना कसैलाई हुँदैन तर सँगै रहँदारबस्दा या प्रेम सम्बन्धमा हुँदा शा’री’रि’क स’म्ब’न्ध भयो भने हाम्रो कानूनले त्यसलाई अ’प’राध मान्छ । त्यसैले १८ वर्षअघिको सहमतिको यौ’न स’म्ब’न्ध र ब’ला’त्का’रलाई छुट्याएर हेर्नुपर्छ । सहमतिकै भए पनि केटीको उमेर १८ वर्ष नपुगी स’म्बन्ध राखे ब’ला’त्का’र ठ’ह’रिने कानून गलत छ ।

सहमतिमा भएको स’म्ब’न्धमा पनि कसैले मुद्दा हालिदियो भने केटा जेल जान्छ, कानून नै त्यस्तो छ । यस्तो कानूनी प्रावधान गलत छ भन्ने प्रहरी, न्यायाधीश, सम्बन्धित सरोकार पक्ष सबैलाई थाहा छ तर चुपचाप सबैले पालना गरेको अवस्था छ । कानूनको पालना गर्नु पनि पऱ्यो तर कुनै पनि कुरामा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । ब’ला’त्का’र र सहमतिको सम्बन्धलाई एउटै आँखाले हेर्ने यस्तो कानून संशोधन हुनुपर्छ । घटना र विचार

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्