एमालेले सभामुख विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने, बाँस्कोटाले गरे खुलासा




काठमाडौ । नेकपा एमालेले सभामुख अग्नी सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको छ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन्। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उनले बताए ।

बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।’

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्न सम्म गरे। उनले भने, ‘प्रचण्ड जी खोलैखोला जान लाग्नुभाछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् ।

एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो।’ साथै नेता बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गरे।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्