काठमाडौको बूढानिलकण्ठमा मृ त फेला परेका पुरुष को होलान् ?




काठमाडौ । काठमाडौको बूढानीलकण्ठमा फेरी एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । उनको शरीरको विभिन्न भागमा चो ट देखिएका कारण प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनलाई कसैले घटना गराएर त्यहाँ लगेर फालेको हुनसक्ने प्रहरी अनुमान छ । पुरुष को हुन् भन्ने प्रहरीले अनुसन्धान थालेको छ । भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए ।

यो पनि, साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा। जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाएका छन् ।

पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । पाल्पाली ‘नेपाल बोर्डर’ मासिक पत्रिकाका सम्पादक एवं प्रकाशक समेत हुन् । विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्