पल शाहको चिना हेर्ने ज्योतिषले गते नै तोकेर गरिदिए सनसनीपूर्ण भविष्यवाणी (भिडियो सहित)




काठमाडौं :

अभिनेता पल शाहलाई एक किशोरीले इच्छा विपरित कर णी गरेको अभियोगमा प्रहरीमा उजुरी दिएपछि अहिले उनी सामाजिक सञ्जाल र मिडियामा चर्चाको पात्र बनेका छन् । उनलाई पोखराकी एक १७ वर्षीया किशोरीले यस्तो आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । उनी अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले पल शाह माथि अनुसन्धान सुरु गरेको छ ।

पल प्रहरी हिरासतमा परे पछि अहिले उनको भविष्यका बारेमा तर्क वितर्क चलिरहेका छन् । उनको भाग्य र ग्रह नक्षत्रको बारेमा पनि सोधिखोजी भइरहेको छ । भविष्यका बारेमा लेखाजोखा गर्ने ज्योतिषहरुले पनि पलको जिवनको भविष्यवाणी गर्न थालेका छन् । ज्योतिषहरुले पललाई आउने वैशाख महिनाको अन्त्य सम्म नराम्रो ग्रह रहेको बताएका छन् ।

तर चैतको अन्तिमसंग निकै नराम्रो ग्रह रहेको र त्यसले वैशाखको अन्तिमसम्म पनि दुख दिने बताएका छन् । वैशाख पछि पनि उल्का ग्रह भएकाले पलका लागि सहज नभएको उनीहरुको भविष्यवाणी छ ।

पलका लागि झण्झट र संकट अझै नटरेको ज्योतिषको भनाई छ । उनले अझै केही नयाँ ट्वीष्ट आउन बाँकी रहेको पनि बताएका छन् । शनि र मंगल ग्रह एकै ठाउँमा जुधेका कारण अझै झन ठूलो समस्या आउने बताएका छन् । सुर्य राहुसंग र चन्द्रमा केतुसंग ग्रहण योगमा भएका कारण पललाई निकै ठूलो समस्या हुने दावी गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्