बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा (४ तस्विर सहित)




काठमाडौ ।

बाँकेका स्थानियलाई दुख दिएको एउटा बाघ प्राविधिक टोलिले नियन्त्रणमा लिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका स्थानियलाई दुख दिएको नरभक्षी बाघ नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बुधबार बिहान राप्तीसोनारी–६ स्थित राप्ती पीडित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको जनाएका छन् । दोस्रो पटकको प्रयासमा बाघ नियन्त्रणमा आएको कोषका प्राविधिक फिरुलाल थारुले जानकारी दिए।

बाघ नियन्त्रणमा लिन जंगलमा पाडो राखिएको थियो । सो पाडो नियनत्रणमा नआउँदै बाघले खा’एको थियो । तर दोस्रो पटक पाडोको केही अवशेष खान आएको बेलामा नियन्त्रणमा लिइएको प्राविधिक टोलिले जनाएको छ । मंगलवार राति नियन्त्रणमा नआएको बाघ बुधवार विहान ७ वजे बाँकी रहेको पाडोको मासु खान आएको बेला प्राविधिकले फेला पार्न सकेनन् ।

दोस्रो पटक फेरी विहान करिब १० वजे तिर प्राविधिक टोलिले नियन्त्रणमा लिएका हुन् । बाघ १६ वर्ष आसपासको भएको प्राविधिक टोलिले जनाएका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टमा बाघ लगेर राखिँएको सो बाघ कता लैजाने भन्ने बारेमा निर्णय भइसकेको छैन ।

राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको आ’क्र’म’णबाट अहिलेसम्म ५ जनाको ज्या’न ग’इ’सकेको छ। सो बाघलाई नियन्त्रणमा लिन प्राविधिकहरुको २ टोलि सक्रिय थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्