शिवरात्रिमा भाङ खाएका १७ वर्षीय हिमाल मृत अवस्थामा फेला




काठमाडौ ।

सल्यानमा शिवरात्रिमा भाङ खाएका एक युवक मृत अवस्थामा फेला परेका छन् । शिवरात्रिको दिन भाङ खाएर घर फर्किएका ति युवक मृत भएको अवस्थामा फेला परेका हुन् । सल्यान दर्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्द मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार शिवरात्रिमा दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर उनी घर फर्किएका थिए । घर आएर बेहोस भएका उनलाई उपचारका लागि स्थानिय एक स्वास्थ्य केन्द्रमा लैजाने क्रममा निधन भएको हो । दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले उनको मृत्यु के कारणले भएको हो भन्ने अनुसन्धान थालिएको बताएका छन् । उनको परिवारले दिएको प्रारम्भिक जानकारी अनुसार उनले शिवरात्रीको दिन भाङ खाएका थिए । अहिले उनको शव पो’स्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएको छ ।

चन्द घरमा आएपछि आफूले भाङ खाएको र टाउको दुखेजस्तो भयो भनेपछि अमिलाको चुक, पानी खुवाएको परिवारले जानकारी गराएको उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्