कमल थापाका भतिजाले लिए राजेन्द्र लिङदेनसंग राप्रपाको सपथ, भतिजि पनि लिङदेन तिरै




काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपाल मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।

गत १५(१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यले नै साथ नदिएका हुन । त्यसरी साथ नदिनेमा भतिजा मात्र होइन उनकै छोरी पनि छन् ।

गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा पनि लिङ्देन नेतृत्वको राप्रपामा समाहित भएका हुन् । ठूलो बुबा कमल थापा ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि हामीले औपचारिक रूपमा राप्रपा छाडेका छैनौँ । राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं,’ अभिषेकले न्युज कारखानासँग भने, ‘भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेका छौं ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्