बाँकेमा स्वचालित पेस्तोलसहित ३ जना पक्राउ




नेपालगञ्ज :

बाँकेमा अ’टो’मेटिक पे’स्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अ’टोमे’टिक पे’स्तोलसहित नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

मंगलबार राती पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगञ्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्वरको कार चेकजाँच गर्नेक्रममा एक थान मेडईन अमेरिका लेखेको अ’टोमे’टि’क पे’स्तोल, सो पे’स्तोलमा लाग्ने नाै थान गो ‘लीसहित घ’रेलु हा’तह’ति’या’र फेला परेको डिएसपी न्यौपानेले बताए ।

उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग ५० हजार भारतीय रुपैयाँमा खरिद गरी ल्याएको खुलेको छ । उनीहरुले सो पे’स्तोलले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्दा दुई रा’उण्ड गो ‘ली प’ड्का’एको र सोही आधारमा उनीहरू प्रहरी फन्दामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्र यसअघि पनि विभिन्न सात वटा आ’परा’धिक घटनामा संल’ग्न रहेको खुलेको छ । प्रहरीले चालु आर्थक वर्षमा योसहित ४ वटा घटना हा’त ह’ति’या’रसहित अभियुक्त पक्राउ गरेको जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्