महिला शिक्षकलाई कर णी गरेको आरोप लागेका सांसद बानियाँ बारे अदालतले दियो यस्तो आदेश




काठमाडौ । एक जना महिला शिक्षकलाई उनको इच्छा विपरित होटलमा लगेर कर णी गरेको आरोप लागेका एक जना सांसदलाई प्रहरीले पक्राउ गरेको छ । मुगुका एमाले सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएका थियो । अदालतले बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो। शिवरात्रीको बिदाका कारण पूर्व(मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए।

बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध इन्छा विपरित कर णी गरेको आरोप लगाएर जाहेरी दिएकी थिइन्। ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए। फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्