सरकारले गर्यो विहिवार सार्वजनिक विदा दिने निर्णय




काठमाडौ । बिहिबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

यो पनि, एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, रिषी कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्