सरकारले काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो दिने




काठमाडौं ।

सरकारले दुर्गमबाट अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले विभिन्न दुर्गम जिल्लाबाट अध्ययनका सिलसिलाका काठमाडौं आएका विद्यार्थीहरुलाई इन्डक्सन चुल्हो वितरण गर्न लागेको हो ।

यसका लागि केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आइ घरभाडामा लिइ सरकारी वा सामूदायिक शिक्षण संस्थामा स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उपलब्ध गराउने छ ।

विद्यार्थीहरुका लागि एलपी ग्याँसको बढ्दो मूल्यको समस्यामा राहतको महशुस गराउन र विद्युतीय चुल्होको प्रबर्द्धन गर्नका लागि उपलब्ध गराउन लागिएको केन्द्रको भनाइ छ ।

यसका लागि आवेदन गर्नेले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित संस्थाको विद्यार्थी परिचय पत्र र सिफारिस पेश गर्नुपर्ने केन्द्रको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्