पलका बिषयमा पुजाको मुखबाट यस्तो कुरा फुत्केपछि आइन विवादमा …..




काठमाडौं :

सन्देह छैन, नेपालमा सबैभन्दा बढी वि’वादित क्षेत्र नै फिल्म क्षेत्र हो । एउटा विवादले डाँडा नकाट्दै अर्को विवाद आँगनमै आइपुगेको हुन्छ । कोरोना महामारीयता सिनेमा हलमा त्यति फिल्म चलेनन् होला, जति फिल्म क्षेत्रमा विवाद रिलिज भए । दुई वर्षयताका एकसेएक विवादले फिल्म क्षेत्रलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आएको छ । यसले फाइदाभन्दा घाटा दिनेमा दुई मत छैन ।

यतिबेला फिल्म क्षेत्र अर्को प्रकरणले रुमलिएको छ । तर, यसपटकको घटना सं’वेदनशील छ । एक नाबालिग गायिकाले अभिनेता पल शाहमाथि ज’ब’र्ज’स्ती कर णीको आरोपमा उजुरी दिएपछि पल चार दिनदेखि प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले घटनाको गहिराइमा गएर अनुसन्धान गरिरहेको छ ।

कुनै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ भने त्यसलाई प्रभावित पार्ने खालका क्रियाकलाप गर्नु कानुन विपरित मानिन्छ । पल शाहको प्रकरणको प्रकृति त झन् फरक छ । यो घटनामा प्रहरीलाई स्वतन्त्र एवं निष्पक्ष रुपमा अनुसन्धान गर्नका लागि सघाउनु हरेकको दायित्व हो । तर, यहाँ त चर्चाको भोकमा प्रहरीको अनुसन्धानलाई नै प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

पल, तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र छन् । बाहिर भने उनका समर्थकहरुले उनको पक्ष लिँदै प्ले-कार्ड बोकेर ‘निर्दोषलाई फ’साउन पाइँदैन’ भन्दै प्रहरी र अदालतविरुद्ध नाराबाजी गरिरहेका छन् । त्यो भी’डलाई उक्साउन केही थान कथित अभियान्ताहरु ‘पललाई फसाउन खोजिँदै छ’ भन्दै यूट्युबमा अन्तर्वार्ता दिइरहेका छन् । ती दृश्य हेर्दा यस्तो लाग्छ, उनीहरु नै दोषी र निर्दोष छुट्याउने अदालत हुन् । यसले नेपाली समाजको एउटा अध्याँरो पाटोलाई पनि देखाएको छ ।

यता, अभिनेत्री पूजा शर्मा पल शाहको नाममा दर्शकलाई ‘इमोशनल कार्ड’ फ्याकेर फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाउन दौडधुप गरिरहेकी छन् । कहिले पल शाहको फोटो अंकित टिसर्ट लगाएर रुँदै-कराउँदै हल-हलमा पुग्छिन् त कहिले पलविना आफू अधुरो रहेको भन्दै दर्शकलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्छिन् । ‘पल निर्दोष छ’ भन्दै उनी न्यायाधीश बन्न पनि पछाडि परेकी छैनन् ।

मंगलवार भने उनले बोलीमा पराकाष्ट नै नाघिन् । शिवरात्रीमा काठमाडौंका विभिन्न हलहरु चहार्ने क्रममा उनले ती नाबालिग गायिकालाई आफ्नो उमेर हेरेर काम गर्नुपर्ने पाठ पढाइन् । उनले एक यूट्युबरलाई अन्तर्वार्ता दिँदै भनेकी छन्, ‘केटी मान्छे नाबालिग पनि हुन्छ । तर, आफ्नो उमेरमा कतिसम्म गर्नुपर्ने भनेर सोच्नु पर्छ । उसले (नाबालिग) यो सोच्नु पर्थ्यो कि म सानै छु । पलले कपडा च्या’तिदिने, ज’बर्ज’स्ती गरेको जस्तो मलाई लाग्दैन । किनकि, पल त्यस्तो क्यारेक्टरको मान्छे होइन ।’

पलमाथि लागेको आरोपपछि आफूले कर णीको परिभाषा नै नबुझेको समेत उनले बताएकी छन् । ‘कुनलाई कर णी भन्छ, मैले अहिलेसम्म बुझेकै छैन । अब बल्ल बुझ्दैछु,’ पल शाह र गायिकाबीचको विवादलाई आफूले पनि मिलाउन खोजेको रहस्य खोल्दै उनले अगाडि भनेकी छन्, ‘यो केश मैले अध्ययन गरेको छु । यो केशलाई म आफैंले पनि मिलाउन खोजेको थिएँ । तर, पछि मलाई महशुस भयो कि यो सबै प्लानिङ हो । माया भनेको कुरा कहिल्यै मागेर पाइँदैन । जब मायालाई त्याग दिइन्छ, त्यो चाहिँ माया हो । म दमौली गएर धेरै कुरा खोल्ने सोचमा छु ।’

पललाई प्रहरीले हतकडी लगाएकोमा पनि पूजालाई चित्त बुझेको रहेनछ । दोषी सावित भएपछि मात्र हतकडी लगाउनु पर्ने भन्दै उनले प्रहरीलाई नै कानुन पढाएकी छन् । कलाकारलाई कानुनले आम मानिसभन्दा सम्मानजनक व्यवहार गर्नुपर्ने आशय व्यक्त गर्दै उनले भनिन्, ‘पललाई हतकडी लगाएको नै मलाई मन परेन । ऊ दोषी हो वा होइन भनेर अनुसन्धान नगर्दै हतकडी लगाइयो । दोषी प्रमाणित भएपछि हतकडी लगाउँदा मानिन्छ तर अहिले नै हतकडी लगाएर लैजाँदा मलाई एकदमै नराम्रो लाग्यो । यो देखेपछि नेपालमा कलाकारलाई सम्मान नै छैन भन्ने महशुस गरेँ ।’

पललाई शनिवारसम्म दर्शकसम्म ल्याउने आफ्नो इच्छा रहेको पूजाको भनाई छ । घटनाक्रम हेर्दा पल फ’सेको हो वा फ’साइएको हो भन्नेमा आफैं कन्फ्यूज रहेको बताउँदै उनले पलको दर्शकसँग बसेर फिल्म हेर्ने इच्छा पूरा गर्न दिनुपर्ने तर्क राखेकी छन् । उनी भन्छिन्, ‘जेल बसेर कति मान्छेहरुले बाहिरको काम गरिरहेको हुन्छन् । पल त दोषी हो वा होइन प्रमाणित भइसकेको छैन । त्यसैले पल शाहको दर्शकसँग बसेर फिल्म हेर्ने इच्छा हामीले जसरी पनि पूरा गर्नुपर्छ ।’

ज’घ’न्य अ’परा’ध मानिने कर णीको आरोप लागेका आफ्नो फिल्मको हिरोको बचाउमा पूजा शर्माले दोषी सावित नभइ र कलाकार भएको नाताले हतकडी लगाउन नमिल्ने, हिरासतमै भएपनि फिल्म हेर्न दिनुपर्ने, पल र नाबालिगबीचको विवाद आफूले पनि मिलाउन खोजेको भनेर दिएको अभिव्यक्तिले सिंगो कलाकारिता क्षेत्रकै शिर निहुँर्‍याएको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा पूजाले पलविरुद्ध जाहेरी दिएकी नाबालिगको चरित्रमाथि प्रश्न उठाउनुले उनको अपरिपक्वतालाई पनि पुष्टि गर्छ ।

फिल्मी खबर बाट

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्