पल शाहको बारेमा साथी शिशिर भण्डारी बोले । मैले चिनेको पल शाह यस्ता थिए, यो के भयो ? भन्दै मुख खोले (भिडियो हेर्नुस)



पछिल्लो समय चर्चित अभिनेता पल शाह र एक नाबालिक बिचको प्रेम, बिवाद र अदालतसम्म पुगेको केशले सबैको ध्यान त्यसतर्फ नै खिचेको छ । सामाजिक सन्जाल पिडित भनिएकी गायिका र पिडक भनिएका गायकका भिडियो र पोष्टहरुले रँगिएका छन् । सँघर्ष गरेर अहिलेको स्थान बनाएका पल र कलाको कारण भाईरल भएर साँगीतिक बजारमा नाम र दाम कमाईरहेकी नायक र गायिका बिचको भित्री सम्बन्ध लुक्न सकेन, बाहिर आउँदा यसरी आयो कतिलाई चासो र कतिलाई हाँसोको बिषय बन्यो । सम्मानित अदालत समक्ष पुगिसकेको केशलाई निष्पक्ष छानबिन गर्दै दोषीलाई कारवाही अदालतले नै गर्दछ तर सन्जालमा धेरै अड्डा र अदालतहरु खुलिसकेका छन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले पल शाहका बिषयमा आफ्नो धारणा राखेका छन् ।

पल शाहको पहिलो चलचित्र नाई नभन्नु ल ४ मा साथीको भुमिका निर्वाह गरी करिब एक महिनाको मित्रता गरेका शिशिरले पल अन्तर मनबाट नराम्रो नभएको बताए । गरिब, दुखी र सँघर्षशिल व्यक्ति र कलाकारलाई सधैं सपोर्ट गर्ने पलको उनले खुलेर तारिफ गरे । यद्यपी गल्ती सबैबाट हुन्छ, नाबालिक गायिकासँगको सम्बन्धमा पलबाट गल्ती र कमजोरी भएको भए त्यसलाई अदालतले हेर्ला, शिशिरले बताए । भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्