एमसीसीका कारण माओवादी विभाजनको संघारमा, नारायणकाजीले भने ‘अब प्रचण्डसंग बस्न सकिन्न’




काठमाडौ । एमसीसी संसदवाट अनुमोदन भएपछि नेकपा माओवादी भित्र तिब्र मतभेद देखिएको छ । सो पार्टी विभाजनको संघारमा पुगेको छ । पाटीका नेता नारायणकाजी श्रेष्ठ पक्षधरहरु अब प्रचण्डसंग एउटै पार्टीमा रहन नसकिने निष्कर्षमा पुगेका छन् । माओवादीले महाधिवेशनमै एमसीसीका विपक्षमा औपचारीक निर्णय गरेको थियो । तर प्रचण्ड महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै दल भित्र तिब्र विवाद उत्पन्न भएको हो ।

त्यसको संकेत श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेखेर पनि संकेत गरेका छन् । एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ ।

श्रेष्ठले आइतवार संसदवाट एमसीसी अनुमोदन भएपछि यस्तो स्टाटस लेखेका थिए । ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे । ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।

प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । एमसीसीका कारण तिब्र मतभेद बढेको र श्रेष्ठले सार्वजनिक रुपमै यस्तो स्टाटस लेखेपछि प्रचण्ड उनलाई फकाउन निवासमा पुगेका थिए । दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । तर श्रेष्ठले भने पत्रकार सम्मेलनमा भनेका कुरा सम्झन प्रचण्डलाई आग्रह गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्