रुसी आमाको बिलौना : ‘मेरो छोरालाई उनीहरूले त्यहाँ लगिन्छ भन्ने थाहा थिएँन’ त्यहाँ पुगेपछि मात्र थाहा पाएँ




फेब्रुअरी २४ बिहीवार, युक्रेन आ’क्र’मणको पहिलो दिन, रुसी सेनाको बर्दीमा रहेका दुई पुरुषको तस्बिर सार्वजनिक भयो। युक्रेनका सशस्त्र बलका कमान्डर-इन-चीफ भ्यालेरी जालुज्नीको फेसबुक पेजमा राखिएको उक्त तस्बिरमा ती पुरुषलाई युद्धबन्दीका रूपमा व्याख्या गरिएको थियो।

त्यसपछि मात्र आफ्नो छोरा रफिक रख्मानकुलोभ यु’द्धमा होमिएकोबारे थाहा पाएको नतालिया डिनेका बताउँछिन्। बीबीसी रुसी सेवासँगको अन्तर्वार्तामा ४० वर्षीया उनले आफूलाई त्यस तस्बिरबारे पहिलो पटक आफ्नी बहिनीले जानकारी दिएको बताइन्।

नतालियाले अझै पनि रफिकको अवस्था पुष्टि नभएको बताइन्। “मैले ऊ सं लग्न सैन्य एकाइका केही अधिकारीहरूसँग सम्पर्क गरेकी छु र घटनाबारे बताएकी छु,” उनले भनिन्। “उनले गुप्तचरहरूले रफिक बन्दी बनेका थिए या थिएनन् भनेर अनुसन्धान गर्ने बताएका थिए तर हालसम्म उसको अवस्था पुष्टि भएको छैन,” नतालियाले भनिन्।

एक वर्षभन्दा कम समयअघि सेनामा भर्ना भएका १९ वर्षीय रफिकलाई युक्रेनको मोर्चामा पठाइएको कुरा सैन्य अधिकारीले उनीसँग स्वीकार गरे। नतालियाका अनुसार उनको छोरा फोर्थ गार्ड ट्याङ्क डिभिजनका कम्ब्याट इन्जिनियर हुन्। उनलाई आ’क्र’मणका लागि खटाइएको छ भन्नेबारे आफूलाई थाहा नभएको उनको दाबी छ।

“मेरो छोरालाई उनीहरूलाई त्यहाँ लगिन्छ भन्ने थाहा थिएन। उनीहरूले त्यहाँ पुगेपछि मात्र थाहा पाए।” नतालियाले रफिकसँग अन्तिम पटक फेब्रुअरी २३ मा कुरा गरेकी थिइन्। तब उनले आफ्नो कार्य क्षेत्र युक्रेनी सीमानजिकै भएको बताएका थिए।

“मैले उसलाई आफ्नो सरुवाबारे किन केही नबताएको भनेर सोधेकी थिएँ। उसले तपाईँ चिन्ता नलिनुहोस् भन्यो, उसले मलाई अवस्था पूर्ण रूपमा शान्त भएको समेत बताएको थियो।” बन्दीहरूको तस्बिर भाइरल हुन थालेपछि रुसी टीभी च्यानल रुस-२४ ले यसलाई ‘फेक न्यूज’ भएको दाबी गरेको थियो। “इमानदारीपूर्वक भन्नुपर्दा यो सबै केका लागि हो मैले बुझेकी छैन,” उनी भन्छिन्। “हाम्रो देशमा केही मानिसहरूसँग खानका लागि कहीँ छैन। म कुनै युद्ध वा सैन्य कारबाही बुझ्दिनँ।” नतालियाका अनुसार रफिक सन् २०२१ को जुन महिनामा सेनामा भर्ती भएका थिए। कानुनले उनलाई लडाइँमा पठाउनबाट रोक लगाउँछ।

तर रफिककी प्रेमिका लिलियाले बीबीसी रुसीलाई बताएअनुसार आफूले रोक्ने प्रयासका गरेको भए पनि गत डिसेम्बरमा उनले “आफ्नो भविष्य परिवारको लागि समर्पण गर्ने” भन्दै सैनिक बन्न गएका थिए। उनले द्वन्द्वमा आफ्नो छोरा तैनाथ भएको बारेमा सामाजिक सञ्जालका टिप्पणीहरू पढिन्। विशेष गरी रफिक र युक्रेनमा सम्भावित बन्दी बनाइएका रुसी सैनिकहरूविरुद्ध ध म्कीहरू पढेर उनी दुःखी भएको स्पष्ट देखिन्छ।

“मेरो छोरो स्वेच्छाले त्यहाँ गएको होइन। सशस्त्र सेना प्रमुखले उसलाई त्यहाँ पठायो,” उनी भन्छिन्। “केका लागि लगियो? म त्यसको जबाफ दिन सक्दिनँ। म र मेरो छोरो, हामी दुवैलाई यसको आवश्यकता थिएन।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्