युक्रेनका १० लाख नागरिक जो देश, घर जग्गा सम्पति छोडेर अर्को देश गए (११ तस्विर सहित)



एजेन्सी :

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ।आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।

घर सम्पति सबै छोडेर बालबच्चा, बुढाबुढीसहित युक्रेनीहरू विभिन्न माध्यमबाट देश छोडिरहेका छन्। उनीहरूलाई छिमेकी पोल्यान्डसहित युरोपका विभिन्न मुलुकले शरण दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टु’क्रिएका क्षेत्रहरू – डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब यु’द्धमा परिणत भएको छ ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको कारवाही निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।

अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ ।

“सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ: अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।

गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आ’क्र’म’णबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ । यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्