एमसीसीका कारण कांग्रेसमा पनि भुइँचालो, माओवादी र कांग्रेसका जनप्रतिनिधिले गरे पार्टी र पद छोडेको घोषणा




काठमाडौ । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गरे पछि अहिले राजनीतिक दलहरुबीच भुइचालो आएको छ । राजनीतिक दलहरुमा नेताहरुबीच समस्या उत्पन्न भएको छ । एमसीसीको विरोधमा उत्रदै आएका कार्यकर्ता र केही जिल्ला तहका नेताहरुले पार्टी छोडेका छन । ति मध्य केही जनप्रतिनिधिहरु पनि छन् ।

एमसीसी संसदवाट अनुमोदन गरेको भन्दै नेपाली कांग्रेसमा पनि विमती सिर्जना भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अप्ठेरोमा परेको बेलामा कांग्रेसका जनप्रतिनिधिले पनि राजिनामा दिएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर(८ का अध्यक्ष बहादुर सिंह महरा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरेको घोषणा बिहीबार गरेका छन्। यसअघि नै उनले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्यागको घोषणा गरेका थिए। तर उनले बिहीबार विज्ञप्ति निकालेरै पार्टी छाडेका हुन्।

माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी महराले जनतासँग माफी मागेर पार्टी छाडेका हुन्। सदनबाट षडयन्त्र मुलक ढंगले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरेका छन्। यसले हाम्रो देशलाई अमेरिकी साम्राज्यवादको नवउपनिवेशमा घोषित रुपले समाहित गर्न खोजिएको छ। यस्तो खाले राष्ट्रघाती सम्झौतामा पनि म क्रियाशील पार्टी माओवादी केन्द्र र त्यसको मूल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरि पास गर्न मुख्य भूमिका खेलेु, उनले भने, ुत्यसले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ। यो राजनीतिक प्रतिक्रान्ती मात्रै नभएर जघन्य राष्ट्रघाती कदम हो।ु

उनले त्यहीकारण यस्तो राष्ट्रिय आत्मसमर्पणवादको सति जान नसक्ने भएकोले माओवादीको सुदूरपश्मिच प्रदेश सम्मेलन प्रतिनिधिसहित सबै जिम्मेवारीबाट राजीनामासहित पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

त्यस्तै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका(२ मा कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष बमबहादुर तामाङले पनि पार्टी छाडेको घोषणा गरेका छन्। उनी कांग्रेसको पूर्व जिल्ला सदस्य एवम् अहिले क्षेत्रीय प्रतिनिधि पनि हुन्। उनले पछिल्लो केही वर्षयता कांग्रेस सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको गुनासो गरेका छन्।

‘यसका साथै पार्टीले जनचाहाना विपरीत एमसीसी पास गर्ने, कार्यकर्ताहरुले भनेको कुनै कुराको सुनुवाइ नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिबादी सोच बढी हावी हुने जस्ता गतिविधिले कांग्रेस कार्यकर्ता निराश भएका छौँ’, उनले भनेका छन्, ुमाओवादी द्वन्द्वकालमा समेत पार्टीको गतिविधिमा सक्रिय भएको सबैलाई अवगत छ। पार्टीमा निरन्तर लागिरहँदा माओवादीहरुले मलाई गोली हानेर घाइते बनाएका थिए। तर तपाँइहरुको सबैको माया, ममताका कारण म गोली लागेपनि बाच्न सफल भएँ।ु

उनले पार्टीमा दिनरात नभनी काम गरेपनि केही नेताहरुले कहिले जस नदिने, सार्वजनिक स्थानमा अपमान गर्ने क्रियाकलाप भएको बताएका छन्।

‘एउटा लोकतान्त्रिक पार्टीभित्र काम गर्दै गर्दा पनि सधैँ अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन। पार्टीभित्र नैतिकहीन, अनुशासनहीन नेताको कार्यकर्ता भएर नबस्न म सिन्धुपाल्चोकका आमकांग्रेस नेता कार्यकर्तासँग आग्रह गर्दछुु, उनले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीभित्रको यो अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नुभन्दा विद्रोह गर्न मेरो अन्तरआत्माले भन्यो।’

उनले ३२ वर्षमा माया गरेको, र ग त पसिना बगाएको पार्टी कांग्रेस बिहीबारदेखि नै परित्याग गरेको घोषणा गरेका छन्। ुम राजनीतिक प्राणी भएकाले फेरी राजनीतिक मोर्चाबाटै तपाईं सबैसँग भेटघाट हुने नै छु, उनले भनेका छन्, ‘मन साटासाट हुने नै छ। फेरि पनि तपाईँहरूको माया र ममता र स्नेह पाउने नै छु।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्