फेरि अर्कि गायिका रुदै मिडियामा, माइतिको जग्गा धितो राखी जापान पठाको बुढाले डिभोर्स मागे (भिडियो सहित)




काठमाडौं :

उनी पेशाले गायीका हुन् । दोहोरी गायीका त्यतीवेला छाँगावाट खसेजस्तो भइन् जतिवेला उनका श्रीमानले पहिले नै विवाह गरिसकेको खुल्यो । श्रीमानले अहिले फेरी तँ पनि डिभोर्स दे म तेरो अगाडी पञ्चेवाजा बजाएर अर्को विवाह गर्छु भनेर चेतावनी दिन्छन् । मञ्जु छन्त्यालको जिवन कथा हो । उनी काठमाडौको नयाँ बसपार्कमा बस्छिन् ।

श्रीमानले पैसा कमाउलान् भनेर माइतीको जग्गा ५ रुपैया ब्याजमा ऋण लिएर श्रीमानलाई जापान पठाइन् । श्रीमान विदेश गए । उता श्रीमानले धोका दिए उता माइती पनि उनका दुस्मन बने । श्रीमानका लागि माइतीको जग्गा धितो राखेका कारण दाजुभाई दुस्मन बने । मेरो जग्गा उकासी दे नत्र म तँलाई त्यहीँ आएर म जे पनि गर्छु भनेर दाईभाईले भनेको र बुवाले पनि दाईभाइको जग्गा उकासीदेउ भनेर भन्ने गरेको बताइन् ।

उनले करिब २० लाख रुपैया ऋण लिएर जापान पठाएकी थिइन् । पछि श्रीमान विदेश गएर अरु परिवारका सदस्यले श्रीमतीको नाममा पैसा नपठा त्यो पैसा जम्मा पारेर पोइला जान सक्छ भनेर उक्साउने गरेको मञ्जुले बताइन् । आफुले दोहोरीमा काम गरेर अहिले आफ्नो जिविका चलाइरहेकी छन् । उनले कञ्चनजंघा दोहोरी साँझमा काम गर्ने गरेकी छन् । श्रीमानले काम नगर भनेका कारण उनले दोहोरीमा काम छोडेकी थिइन् तर माइती र घर परिवारको साथ पाउन छोडेपछि फेरी काम थालिन् ।

श्रीमानले विदेशमा बसेर अन्य युवतीहरुलाई फोन गर्ने र आफुसंग डिभोर्स माग्ने गरेको उनले बताइन् । केटीहरुको फोटो पठाएर मेरो गर्लफ्रेण्ड हो, अब मेरो बुढी जापान, युके आउँदैछ भनेर म्यासेज लेख्ने गरेको पनि बताइन् । गएको साउन सम्म उनीहरुबीच राम्रै कुराकानी हुन्थ्यो । तर अचानक श्रीमानले फेसवुकमा ब्लक गरेको देखेपछि आफु झसंग भएको बताइन् । ऋण कसरी चुक्ता गर्ने भनेर श्रमिानसंग कुरा गर्दा तैंले लिएको ऋण हो जे सुकै गर भन्ने गरेको पनि बताइन् ।

कतिजनाले उनलाई ऋण चुक्ता गर भनेर प्रहरी कार्यालय सम्म लगेको पनि बताइन् । बाँकि तलको भिडियोमा हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्