आज काठमाडौको विमानस्थल अस्तब्यस्त, कतार एअरवेजको जहाजले लगायो १७ फन्का, अर्को जहाज पनि घुमेको घुम्यै




काठमाडौ । विहिवार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तब्यस्त देखिएको छ । विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको छ । वाहिरवाट काठमाडौ अवतरणका लागि आएका विमानहरु आकासमा घुमिरहेका छन् ।

धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ ।

कतारकै अर्को जहाज पनि आकासमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ । केही आन्तरिक जहाज घुमिरहेका छन् भने केही डाइभर्ट भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्