चुनावको मुखैमा राप्रपाले किन गर्यो आन्दोलनमा जाने निर्णय ?




काठमाडौ । सरकारले स्थानिय तहको निर्वाचनको घोषणा गरिसकेको छ । सबै राजनीतिक दलहरु निर्वाचनको तयारीमा छन् । तर राप्रपाले भने आन्दोलन गर्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। १८ र १९ फागुनमा सम्पन्न बैठकले १३ वटा निर्णय गरेको छ।

यसको नवौं निर्मणमा भनिएको छ, ‘राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसंघर्ष गर्न महामन्त्री डा। धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ।’

यससँगै राप्रपा केन्द्रीय समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन गरेकोमा विरोध जनाएको छ। व्याख्यात्मक घोषणा यसको अंग नभएको जिकिर गर्दै यथास्थितिमा पारित गर्न नहुने राप्रपाले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्