रुसका एक सैनिकले आँशुको धारा बगाएर स्वीकारेको वास्तविकताले दुनियाँलाई रुवायो




काठमाडौ ।

रुस–युक्रेनबीच अहिले यु’द्ध चलिरहेको छ । यी दुई देशबीच मनोवैज्ञानिक द्व’न्द्व पनि सुरु भएको छ । युक्रेनले पक्रिएर कैद गरिएका रुसी सैनिकहरूका आँशुका धारा सहितका भिडियोले दुनियाँलाई नै रुवाएको छ । जसमा यी सैनिकहरूले युक्रेनमा आ’क्र’मण गर्न आफ्नो युनिट पठाइँदैछ भन्ने थाहा नभएको बताएका छन् ।

यी सैनिकहरूले पनि स्वीकार गरे कि उनीहरूले आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनीहरूलाई आ’क्र’मण ग’रे’को निर्दोष नागरिकहरु मारेको यसको पाप आफूबाट कहिलै पार नपाउँने उनीहरुको स्वीकारोक्ति छ । युक्रेन सेक्युरिटी सर्भिसको फेसबुक पेजमा सेयर गरिएको भिडियोमा केही रुसी सैनिकहरूले हामीलाई तोपको चारो बनाएर पठाइएको बताएका छन् ।

हामीले युक्रेनमा शान्तिप्रिय मानिसहरूलाई मारिरहेका छौं। यी भिडियोहरूमा कब्जा गरिएका रुसी सैनिकहरूको अनुहारमा चो’टपटक पनि देखिन्छ। युक्रेनी सेनाले धेरै रुसी सैनिकको भिडियो सार्वजनिक गरेको छ । युक्रेनी सेनाले क’ब्जामा लिएका रुसी सैनिक आफ्नो झण्डा अगाडि बसेको भिडियो रेकर्ड गरेको छ । यसमा घाइते देखिएका एक रुसी सैनिकले यो हाम्रो यु’द्ध होइन भनेका छन् ।

आमाहरू र पत्नीहरू आफ्ना पतिहरूलाई रुसी सेनाको जागिर छोडेर भगाऊ । त्यहाँ बस्नु पर्दैन । हामीलाई त रुसले तोपको चारो बनाइसक्यो । कयौँको मृत्यु भइसक्यो । हाम्रो मृत्यु त भएन तर अब युक्रेनको जेलबाट हामी बाहिर आउँछौ भन्ने अवस्थामा हामी छैनौँ उनीहरुले रुँदै भनिरहेका छन् । यु’द्धको कारण मृत्यु र विनाशको लागि रोइरहेको यी भिडियोले देखाउँदछ ।

यसमा रुसी सिपाहीले आफ्नै सेनाप्रति असन्तुष्टि व्यक्त गर्दै लाश पनि उठाउँदैनन्, अन्त्येष्टि पनि नगर्ने बताएका छन् । यी मध्ये एक सैनिकले रुस र युक्रेनलाई युद्धक्षेत्रबाट बालबालिका हटाउन आग्रह गरे भने अर्कोले कसैले यु’द्ध नचाहेको चेतावनी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्