‘पल गायिका काण्ड’ त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…



रुपनी जि एम, कठमाण्डौ ।

कुरा आजभन्दा ९ वर्ष अघिको हो । जतिबेला म मोफसलमा बसेर कुनै संस्थामा काम गर्दै थिएँ । सोही क्रममा मलाई थप तालिमकालागी भनेर काठमाण्डौको गोदावरी स्थित कुनै एउटा होटेलमा केन्द्रिय कार्यलयद्धारा बोलाईयो । म मेरा जिल्लाबाटा छनौट भए जस्तै अन्य जिल्लाबाट पनि साथीहरु छनोट हुुनुु भएको थियो तालिमकालागी । सोही अनुरुप हाम्रो यात्रा एक्ला एक्लै नै हुन पग्यो । त्यो समयमा म बाँकेमा कार्यरत थिएँ । त्यसैले म एकदिन अगाडी नै काठमाण्डौ हिंडे ।

चितवनसम्म यात्रा ठिकै थियो । तर जब मुग्लिन् पुुगियो तब जामहरु बिस्तारै बढ्न थाले । जम बढेसंगै मेरो चिन्ता पनि बढ्न थाल्यो । किनकी मलाई त्यही दिन गोदावरी पुग्नु थियो । दिन थियो समय थियो त्सैले पुग्छु कि भन्ने आश पनि थियो । तर दुभाग्य थानकोट नपुग्दै दिन बिति गयो तर जाम भने उस्ताको उस्तै । गाडीका पांग्रहरु कछुवाको चालभन्दापनि बिस्तारै घस्रींदै थिए । गोधुली साँझले पनि छोडेर गयो । गाडीका हेडलाईहरु बल्न थाले । तर मेरो मन भने अध्याँरो भयो ।

कहाँ बस्ने ? के गर्ने ? फोन गरेर मलाई एकरात बास देऊ है भन्नलाई काठमाण्डौमा कोही साथी पनि छैन । झमक्कै रात परिसक्यो । थानकोटको उकालोमा पनि गाडी उक्लिएकै छैन । काठमाडौं पुग्ने कहीले कहीले ? पुगी हालेपनि बस्ने कता ? यी यस्तै कुराहरुमा मन ब्याकुल बनिरह्यो । आयोजकलाई फोन गरुँ त्यो बाटोमा नेटर्वक थिएन । गाडिको सिटमा छटपटिंदै बस्नु शिवाय अरु केही गर्न सकिदनथें । रातीको ९ बजि सकेको थियो बिस्तारै जाम फितलो हुँदै गयो । बलबल गाडीले थानकोटको उकालो चढ्न थाल्यो ।

मनमा केही राहत त भयो तर यो रात कता बस्ने होला भन्ने चिन्ता भने उस्तै थियो । जब थानकोट पुगियो तब नेटवर्कले काम गर्यो र मलाई एउटा सरको फोन आयो । मैले रिसिभ गरें र सबै बेली बिस्तार लगाएँ । उहाँले चिन्ता लिनु पर्दैन म छु नि भनेपछि मनमा केही राहत भयो । काठमाण्डौको त्यो यात्रा मेरो दोश्रो पटकको थियो । पहिला नै म एकपटक काम विशेषले काठमाण्डौ आएकी थिएँ । त्यसैले अबेर रातीसम्म पनि यहाँ ट्याक्सि चल्छन् भन्ने कुुरा मलाई राम्ररी थाहा थियो ।

त्यही थाहै भएकै कारण त्यो सरको मलाई कलंकीमा आफ्नै कार लिएर लिन आउँछु भन्ने प्रस्तावलाई मैले अस्वीकार गरेकी थिएँ । गोदावरी पुग्न असम्भव भएको हुनाले मैले आफै नै त्यो सरलाई बरु कुनै होटलमा एउटा रुम बुकिंग गरिदिन आग्रह गरें । उहाँले गरिपनि दिनु भयो । त्यो होटेलको नाम र त्यो सरको नाम मलाई यो लेखमा खुलाउन आवश्यक लागेन र खुलाईन पनि ।
जे होस् कलंकिबाट ट्याक्सि बुकिंग गरेर होटेल पुग्दा पौने ११ बजेको थियो । होटल पुगरे फ्रेस भएँ ।

आफुलाई सहयोग गरेको हुनाले धन्यबाद सहीत मैले पुगेको जानकारी दिएँ । त्यसपछि म खाना खाएर सुतें । फोन साईलेन्समा नराखेको हुनाले मध्य रातमा फोनको घण्टी बज्यो । निन्द्रैमा फोन रिसिभ के गरेकी थिएँ । एक्कासी ‘ढोका खोल्नुुस् म ढोका बाहीर उभ्भिएको छु’ भन्ने आवाज आयो । त्यो सुन्ने बित्तिकै मलाई निन्द्राले छोड्यो । नम्बर हेरेको त्यही सरको रहेछ । म त केही बोल्नै सकिन । छिटोछिटो फोन का’टेँ । र ओच्छायानबाट दौडिंदै गएर ढोकाको चुक्कुलाई हेरें । जब चुक्कुुल लागेको देखें तब मन ढुक्क भयो । मैले फोन साईलेन्समा राखिदिएँ । त्यसपछि कोठामा भएको ल्याण्ड लाइनमा फोनको घण्टी बज्न शुरु भयो । मैले फोनको तार नै झिकिंदिएँ ।

त्यो समय सम्झंदा मलाई आजपनि कहाली लागेर आउँछ । त्यो रात मैले सर भनेर सम्बोधन गरिरेहको त्यो मानिस पुरै नशामा थियो । बाहीरबाट ऊ ‘ढोका खोल्’ भन्दै मु’ड्कीले ढोका बजाउँदै कराउँदै थियो भने भत्रिबाट म दुईदुई ठाउँमा चुक्कुल लागेको ढोकालाई कतै ढोका फोडिन्छ कि भन्ने डरमा बल लगाएर बाहीरपट्टी धकेलि रहेकी थिएँ । त्यही क्रममा होटेलका भाईहरुले उस्लाई ‘सर प्लिज यस्तो नगर्नुस् । प्लिज आफ्नो रुममा गएर सुत्नुस् ।’ भन्दै न’शामा पुरै मातेको उस्लाई लैजाने कोशिश गरिरहेको पनि मैले भित्रबाटै सुनिरहेकि थिएँ । यदि त्यो रात भित्रबाट चुक्कुल नलगाई म सुतेकी हुन्थें भने……..

त्यो माथि राखिएको खालि ठाउँमा कस्तोसम्मको घटना घटन सक्थ्यो होला भन्ने कुराको अनुमान यो लेख पढ्ने तपाईँ सबैले सजिलै गर्न सक्नु हुन्छ भनेर मैले माथि डटडटमै छोडेकी हुँ । त्यो समयमा मपनि एक नाबालिग नै थिएँ । रपनि मैले त ढोका लगाएरै सुतेकी थिएँ । नाबालिग हुँदापनि होटलमा बस्दा ढोका लगाएर बस्नु पर्छ भन्ने ज्ञान थियो ।

भर्खरै एसएलसी दिएर प्लस टू जोईन् गरेकी म न त मलाई केही थाहा थिएन बाहीरि दुनियाँका कुरा । तरपनि परिस्थितिले कहाँ, कसरी जीवनसंग लड््नु पर्छ भन्ने कुराको ज्ञान त्यो समयको म नाबालिकालाई थियो भने अभिनेता पल शाहलाई ब’ल’त्का’री हो भन्दै उजुुरी दर्ता गराएकी नाबालिका गायिकाले देश विदेश सबै घुमि सकेकी थिईन् । उनलाई कसरी हेक्का भएन ? होटलको ढोका लगाएर सुत्नु पर्छ भन्ने कुराको ।

यदि मैले पनि यी पिडित भनिएकी नाबालिका गायिकाले जस्तै ढोका नलगाएर सुतेको भईदिए उनलाई गरिएको भनिएको ब’ला’त्का’रभन्दा मलाई गरिने ब’ला’त्का’र निकै नै भ’या’नक हुने थियो । त्यो समयमा म शा’री’रिक रुपमा ब’ला’त्का’र नभएपनि मा’नि’सक रुपमा भने निकै लामो समयसम्म ब’ला’त्कृत भई नै रहें । त्यो रात उस्ले ढोका बाहीर उभिएर गरेको सबै खाले हरकतले मेरो मानसपटललाई गहिरो असर पुर्याई रह्यो । त्यो दिन यदि मैले ढोका नलगाईकनै सुतेको भईदिए…….

भन्ने कुरा सोंच्दा सोंच्दै म डि’प्रे’स’नको शुरवाती चरणमा गई सकेकी थिएँ । मलाई त्याहाँबाट बाहीरन निकै समय लाग्यो । यस अर्थमा पललाई ब’ल’त्का’रको आरोप लगाएकी गयिकालाई मेरो प्रश्नः अभिनेता पलले तिम्रो भावनासंग खेलेको भन्ने महसुस भएपछि तिमीलाई पनि आफु ब’ला’त्कृ’त भएको लाग्न थाल्यो । तर तिमीले यस्तो महसुस गरेको त पुरै एक वर्ष भएछ त ? यो एक वर्षमा तिमी कसरी फुर्तिफार्ती भएर गीत गाउँदै हिंड्न सक्यौ ? कसरी आफुुलाई ब’ला’त्का’र गरेको भनेको त्यही ब’ल’त्कारी’संग हातमा हात मिलाउँदै म्यूजिक भिडियो होस् या टिकटकमा नाच्दै दिन का’ट्न सक्यौ ? यतिमात्र कहाँ हो र ?

तिमी र पलको सम्बन्धमा बोलेकाहरुलाई नै मिठो भाषामा गा’ ‘ली पनि गर्न पछि परेकी छैनौं । यो कस्तो खालको ब’ला’त्का’र भएछ तिमीलाई ? म शा’री’रि’क रुपमा ब’ला’त्कार हुनबाट त जोगिएँ तर जुन प्रकारले मेरो मनस्थितिलाई चो’ट लाग्यो नि म सुनाउँछु तिमीलाई मलाई कस्तो भएको थियो भन्ने । मलाई खान मन लाग्दैनथ्यो, जुन तालिममा म गएकी थिएँ त्यो तालिममा मेरो ध्यान नै गएन । जब कार्य क्षेत्रमा फर्किएँ तब बढीमा एक हप्ता अफिस गएँ काम गर्नै सकिन । अन्ततः मैले जागिर छोड्नै पर्ने भयो । त्यो रात त्यो मान्छेले म बसेको होटेलको कोठाको ढोका मात्र ढकढक्याएको थियो ।

त्यो ढककको आवाजले मात्रैपनि मेरो दिनचर्याहरु बिग्रदै गयो । मेरो आँखाको तल डार्क सर्कलस् देखा पर्न थाले । पुक्क परेका मेरा गालाहरुमा बिस्तारै बिस्तारै चाउरी पना देखिन थाल्यो । सबैदेखि सम्पर्क बिहीन भएर बस्न थालें । दुब्लाएर शरीर खिंग्रींग हुँदै गयो । पलले ब’ला’त्का’र गर्यो भनेर प्रहरी प्रशासनमा उजुरी दिएकी तिमी, तिमीमा त कुनै समय ममा देखिएका सबै लक्षणहरुभन्दा उल्टो पो देखें मैले । एक वर्षमा विभिन्न ठाउँहरुमा एक पटक नभएर पटक पटक ब’ला’त्कृ’त भएकी तिमी, तिमी त झनै राम्रीमा राम्री हुँदै गईरह्यौ । गो’प्य रुपमा तिमी ब’ला’त्कृ’त भईरह्यौ अर्कोतिर तिम्रो जोवनलाई देखेर लोभ्याउनेहरुको ताँति उत्तिकै थियो क्यारे ।

यो एक वर्षमा तिमीमा जुन सुन्दरता देखिएको छ त्यो सुन्दरता भित्र त कहीं कतै पनि ब’ला’त्का’रको परिभाषा पर्दैन । चिन्तै चिन्ताले दुब्लाउँदै जानु पर्नेमा तिमी त दिनप्रतिदिन अझैं सुन्दर हुँदै मौलाई रह्यौ । साँच्चै तिमी कस्तो खालको ब’ला’कृ’त भयौ हँ ? यस्को साँचो साँचो जवाफ देऊ है ? मलाई थाहा छ तिमी दिन सक्छौ । किनभने तिमी पल जस्तै प्रहरीको हिरासतमा छैनौ । तिमी आफ्नै घरमा पाकेको दालभात खाएर प्रविधीका विभिन्न साधनहरु चलाएर बसिरहेकी छौ ।

मलाई जवाफ नदिएपनि आफैले आफैलाई देऊ है ? किनभने दुनियाँलाई ढाँटेपनि आफैले आफैलाई ढाँट्न सकिंदैन । जुन न्याय कानूनमा खोजिरहेकी छौ नि त्यो त केवल समाजिक नियमको एउटा पाटो मात्रै हो । असलमा न्याय त आफ्नै मनले गर्छ आफैसंग । प्रार्थना गर्छु कानूनले भन्दापनि तिम्रो मनले तिमीलाई गर्ने न्याय सम्मान जनकहोस् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्