पल शाह घटनामा नेता पनि बोल्न थाले, डा. बाबुराम भट्टराईको आयो यस्तो प्रतिकृया




काठमाडौ । अभिनेता पल शाह घटनामा अब राजनीतिक दलका नेता पनि बोल्न थालेका छन् । शाह फरार रहेको अवस्थामा मौन रहेका केही कलाकारहरुले मुख खोलेसंगै अहिले राजनीतिक दलका नेताहरुले पनि यस बारेमा धारणा सार्वजनिक गर्न थालेका छन् । शाहलाई एक १७ वर्षकी किशोरीले इच्छा विरुद्ध कर णी गरेको आरोप लगाउँदै उजुरी दिएकी छन् ।

किशोरीको उजुरी पछि ४ दिन फरार रहेका शाह गत आइतवार प्रहरीको सम्पर्कमा पुगेका थिए । अहिले सो घटना माथि प्रहरीले अनुसन्धान थालेको छ । नायक पल शाह पक्राउ गरेको घटनाले देशका सबै क्षेत्रको ध्यान खिच्न थालेको छ । राजनीतिक वृत्तबाट पहिलो टिप्पणी पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय नेता डा। भट्टराईले ट्विटरमार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिकाप्रति छ । डा। भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौ न शो षण सम्बन्धी अतिसंवेदनशील मु द्दामा पहिलो दृष्टिमै पी डितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पी डकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’ उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्