करेन्ट लागेर वडा सदस्यको निधन




काठमाडौ । एक जना वडा सदस्यको करेन्ट लागेर निधन भएको छ । तनहुँमा एक पुरुषको बिजुलीको करेन्ट लागेर मृत्यु भएको हो । उनी सोही ठाउँका वडा सदस्य हुन् । नेपाली कांग्रेस तनहुँ बैदी गाविसका पुर्व सभापति समेत रहेका कांग्रेसका वडा सदस्य ओम बहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । नेपालीलाई खोलाबाट घरमा पानी तान्ने क्रममा करेन्ट लागेको थियो ।

यो पनि, स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिहरू शिलान्यास र उद्घाटन गर्न व्यस्त हुन थालेका छन्। एकैदिन दर्जन बढी आयोजनाको शिलान्यास र उद्घाटन हुन थालेको छ। कतिपय पालिकामा त एउटै आयोजनामा दलहरूको स्वार्थ बाझिन पनि थालेको छ। यस्तो दृष्य देखियो( सुनसरीको बराहक्षेत्र नगरपालिका( २ को एक मन्दिर निर्माणमा।

बराहक्षेत्र नगरपालिका( २ जब्दीमा वडाध्यक्षले शिलान्यास गरेको मन्दिर पुनः मेयरले शिलान्यास गरेका छन्। २०७४ सालको निर्वाचनलगत्तै फाल्गुन १ गते शिवरात्रिको अवसरमा वडाध्यक्ष हरिकृष्ण भट्टराईले शिवालय मन्दिर शिलान्यास गरेका थिए। र शिवरात्रीकै अवसर पारेर ४ वर्षपछि मेयर निलम खनालले एउटै मन्दिर दोस्रो पटक शिलान्यास गरेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्