डा. सीके राउत पनि ओशोको शरणमा, भने ‘हरेक पल अनमोल’




काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत ओशोको ध्यान गर्न ओशो जेतवन लुम्बिनी पुगेका छन् । उनले स्वामी आनन्द अरुणसँगको सामिप्यतामा बिताएका हरेक पल अनमोल भएको बताए ।

‘स्वामी आनन्द अरुणजीको सामिप्यतामा बिताएको हरपल अनमोल, अविस्मरणीय र रोमाञ्चक छन् । हाम्रा लागि जुन आफ्नो स्नेहको धारा बगाउनुभयो, त्यसले हामी धन्य भयौं,’ उनले ट्वीटरमा लेखेका छन् ।

यो पनि, जिल्ला अस्पताल ताप्लेजुङको प्रसूति गृहमा बिहीवार राति ज‌ंगली भालु छिरेको छ । राति साढे ११ बजे छिरेको भालुलाई अस्पताल सुरक्षार्थ खटेका प्रहरी र अस्पतालका कर्मचारीसमेत भएर भित्रै थुन्न सफल भएका छन् ।

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिइन् । उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो ।

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जहाँतहीँ नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए ।

संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्