इलेक्ट्रीक कार किन्नेलाई १०% ब्याजदरमा कर्जा




काठमाडौं ।

स्टायडर्ड चार्टड बैंकले १०.०१ प्रतिशत ब्याजदरमै ‘विद्युतीय सवारी कर्जा’ उपलब्ध गराउने भएको छ । बैंकले अहिले विद्युतीय सवारी साधन कर्जालाई प्राथमिकता दिएर बढाउँदै लगेको देखिन्छ ।

सरकारले विद्युतीय सवारी साधनको प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार नै बैंकले पनि विद्युतीय साधनलाई मध्यनजर गर्दै कर्जा स्कीम ल्याएको जनाएको छ ।

बैंकले विद्युतीय गाडी किन्ने ग्राहकलाई अहिले दिइरहेको कर्जा इन्डष्ट्रीकै सबैभन्दा सस्तो रहेको बताइन्छ ।

स्टायडर्ड चार्टड बैंकबाट विद्युतीय साधनको लागि कर्जा लिन चाहने ग्राहकले व्यक्तिको हकमा आफ्नो आम्दानीको स्रोत खुल्ने कागज पत्र र संस्थाको हकमा वित्तिय विवरण सहितको योजना प्रस्तुत गर्नुपर्छ ।

बैंकले कर्जा आवेदन दिएको ७ देखि १० दिन भित्रै अहिले पनि कर्जा स्विकृत भइसक्ने जानकारी दिइन् । यसरी कर्जा आवेदन दिँदा ग्राहकले न्युनतम १ लाख ५० हजार रुपैयाँदेखि १ करोड ५० लाखसम्म लिन सक्ने छन् । उक्त कर्जा बैंकले ७ वर्षको लागि उपलब्ध गराउने छ ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीको आयात बढ्दो क्रममा छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ११ सयभन्दा बढी चार पाङग्रे विद्युतीय सवारी आयात भएका छन् । अहिले पनि बजार माग अनुसार विद्युतीय गाडी उपलब्ध हुन सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्