‘पल शाह घटना’मा बोल्यो मानव अधिकार आयोग, हेर्नुस् विज्ञप्ती




काठमाडौ । अभिनेता पल शाह घटनाका बारेमा सामाजिक सञ्जाल र मिडियामा पक्ष विपक्षमा टिका टिप्पणी हुन थालेपछि राष्ट्रिय मानव अधिकार आयोग बोलेको छ । पल शाहका समर्थक र फ्यानहरुा तनहुँ जिल्ला प्रहरी कार्यालयमा नारावाजी समेत गर्न पुगेका छन् । आयोगले अदालतमा परिसकेको मुद्दा प्रभावित हुनेगरी नाराबाजी नगर्न प्रदर्शनकारीहरूलाई आग्रह गरेको छ ।

आज विज्ञप्ती जारी गर्दै अदालतमा पुगिसकेको मुद्दाको पक्ष वा विपक्षमा प्रदर्शन नगर्न आयोगले सम्बन्धित सबैलाई अपिल गरेको हो । गम्भीर प्रकृतिको अ परा धको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा आयोगको जोड छ ।

‘अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्दा दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुन्छ’, विज्ञप्तीमा उल्लेख छ, ‘अरुको गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वातन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोग सम्बद्ध आयोग सबै पक्षलाई आग्रह गर्दछ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्