फेरी बढ्यो कुखुराको मासुको मुल्य, हेर्नुस् नयाँ मुल्य




काठमाडौं । कुखुराको मासुको मुल्य फेरी बढेको छ । दुई साता नबित्दै कुखुराको मासुको मुल्य दोस्रो पटक बढेको हो । २ पटक गरेर करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि ४२० रुपैयाँ सम्म पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दानारपानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् । गत महीना सम्म ३५० रुपैयाँ भन्दा मुनी रहेको कुखुराको मासुको मूल्य फागुन लागेपछि लगातार उकालो लागेको छ । नेपाल कुखुराको मासुमा आत्मनिर्भर रहेको छ । तर, दाना र औषधिमा भने अहिले पनि विदेशको भर पर्नुपर्ने अवस्था बाँकी नै छ ।

अहिले कुखुराको मासुको मूल्य बढ्नुको कारण उत्पादन नै कम हुनु रहेको कुखुरा व्यवसायी देवसिंह महर्जनले बताए । गर्मी सिजन शुरु भएसँगै अहिले भने चल्लाको माग ह्वात्तै बढेको छ । धेरै किसानले अहिले कुखुरा पाल्न शुरु गरिसकेका छन् । त्यसकारण चैत्रदेखि भने मासुको भाउ घट्न सक्ने व्यवसायीको अनुमान छ ।

चिसोमा सामान्य खोर हुने किसानले चल्ला राख्दैनन् । धेरै चल्ला मर्ने जोखिम हुने भएकाले विशेष खालका खोर भएका किसानले मात्रै कुखुरा पाल्छन् । उनले भने, ‘उत्पादन थोरै भएका कारण यो वर्षकै उच्च मूल्यमा खरीदविक्री भइरहेको छ ।’

मासुको मूल्य बढ्नुको दोस्रो कारण भने उत्पादन लागत बढेको भन्दै दानाको भाउ बढाउनु पनि हो । पेट्रोलिम पदार्थमा भएको मूल्य वृद्धिका कारण दानाको उत्पादन र ढुवानी दुवै तर्फको खर्च बढेको व्यवसायीको भनाई छ । अहिले कुनै कुनै ठाउँमा होलसेल मूल्य सरह प्रतिकिलो ३९५ रुपैयाँमै मासु विक्री गरेपनि अधिकांश ठाउँमा भने अहिलेपनि ४१० देखि ४२० रुपैयाँ सम्ममा मासु बेचीरहेको उनले बताए ।

पछिल्लो १ दशकमा कुखुराको मासुको मूल्य ४०० रुपैयाँ भन्दा माथि १र२ पटक मात्रै पुगेको थियो । यो भनेको धेरै नै महँगो मूल्य भएको पनि व्यवसायीको भनाई छ । गर्मी सिजन शुरु भएसँगै अहिले भने चल्लाको माग ह्वात्तै बढेको छ । धेरै किसानले अहिले कुखुरा पाल्न शुरु गरिसकेका छन् । त्यसकारण चैत्रदेखि भने मासुको भाउ घट्न सक्ने महर्जनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्