काठमाडौको एउटा फार्मेसीमा प्रहरी र पूर्व प्रहरीनै लुट्न पुगेपछि




काठमाडौ । काठमाण्डौको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीमा लुटपाट गर्नेमा प्रहरी पनि परेका छन् । एक जना प्रहरी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको १२ गते प्रहरी हौँ, अनुगमन गर्न आएको भन्दै फार्मेसीमा छिरेको समूह काउण्टरबाट नगद, मोबाइल तथा घडी लुटपाट गरी भागेको थियो । पक्राउ पर्नेहरुमा एक जना प्रहरी र एक जना पूर्व प्रहरी समेत रहेका छन् ।

सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान सुवास रतोकीसहित आठ जना पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यस्तै पूर्व प्रहरी देवीप्रसाद धिताल, धादिङ घर भएका शङ्कर रेग्मी, डडेलधुरा घर भएका हिक्मत महता, कञ्चनपुर घर भएका मिलन बोहरा, पाँचथर घर भएका भविन्द्र बेगा, दैलेखका योगेन्द्रबहादुर चन्द र प्युठानका कमल सुनार रहेका छन्।

यो पनि, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजेपछि सुरु भएको हो ।
राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ ।

बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्