सबैलाई स्तब्ध बनायो यो मृत्युले




काठमाडौं :

अष्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएपछि विश्वका क्रिकेटप्रेमी दर्शक तथा खेलाडी झैं बलिउड पनि स्त’ब्ध बनेको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शं’का’स्प’द ह्र’दय’घा’त’ का कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।

वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए ।

सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् ।उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् ।

वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् । बलिउड उनको निधनमा यसकारण पनि स्तब्ध छ कि त्यहाँ उनको बायोपिक बनाउने तयारी भइरहेको थियो ।

सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो । जुन विषयलाई उनले पनि पुष्टि गरेका थिए । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उनले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताएका थिए ।

एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी सुरु गरेको थियो । तर, कोभिड—१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो । आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिकेप्रियो वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहन्थे ।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यहीकारण मूल रुपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ । मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उनले भनेका थिए । उनका अनुसार फिल्मको नाम नै ‘हलिउड—आइस्ड’ राखिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्