रुसी आर्मी बलियो छैन, मात्रै ठूलो संख्या हो : युक्रेन




काठमाडौं :

जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन सं’क’ट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रुसी ह’म’ला बन्द गर्न आह्वान गर्दै यु’द्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए ।

युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले क’ब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आ’गो लगाइदिएका थिए ।

आ’गो ल’गाइदिएपछि सो केन्द्रलाई रुसी सेनाले क’ब्जा ग’रे’का छन् । रुसी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् । यसैबीच, आ’गला’गी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आ’णविक ऊर्जा निकायका प्रमुखले बताएका छन्।

युक्रेनको सुरक्षा दस्ता र नागरिकहरुको सहयोग र हौसलाका कारण हालसम्म रुसी कारवाहीको सजिलै सामना गरिरहेको पनि उनले उल्लेख गरेका छन् जसका कारण रुसी यु’द्ध मेसिनहरुलाई नै पिस्दै आएको भनाइ छ ।

युक्रेनको अध्ययन तथा बुझाइ अनुसार रुसी आर्मी बलियो छैन, मात्रै ठूलो संख्या मात्रै हो। रुसको आ’क्र’मणविरुद्ध युक्रेनले पाइरहेको सफलताप्रति आश्चार्य नमान्न विदेशी सुरक्षा अधिकारीहरुलाई आग्रह समेत गरेका छन् । रुसले गरेको पूर्ण आकारको आ’क्र’मणको तयारी निकै कम स्रोत र समयमा आफूहरुले गरेको पनि युक्रेनले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्