युक्रेनी राष्ट्रपति जेलेन्स्की भागेर पोल्यान्ड पुगेको दावी




काठमाडौं :

रुसी सेनाले युक्रेनमाथि शैनिक हमला सुरु गरेको शुक्रवार ९ दिन पुगेको छ। यु’द्धको नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको समाचारहरु प्रकाशित हुन थालेका छन् । तर, यी समाचारहरु रुसी सञ्चार माद्यमले प्रकाशित गरिरहेका छन् ।

रुसी सञ्चारमाध्यमहरूले उनी भागेर पोल्यान्ड पुगेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई दिन पहिलामात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे जेलेन्स्कीलाई एयरलिफ्ट गरिने बताएका थिए । तर, जेलेन्स्कीले अन्तिमसम्म लड्ने र अमेरिका नजाने बताएका थिए । उनी लगातार सामाजिक सञ्चाल मार्फत भिडियो म्यासेजहरु सार्वजनिक गरिरहेका थिए ।

यसैबीच शुक्रबार रुसी सेनाले युरोपकै ठूलो न्युक्लियर पावर प्लान्टमा पनि क’ ब्जा गरेको जनाइएको छ । युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन्र, भने स्कोमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् । अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणालीबाट हटाउन सहमत भएका छन् ।

यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्