भाग्यले बाँचे युक्रेनी राष्ट्रपति जेलेन्स्की




एजेन्सी, किभ :

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा ह’ ‘त्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको ह’ ‘त्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ ।

रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको यु’द्धविरोधी तत्वहरुले राष्ट्रपतिको ह’ ‘त्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको ह’ ‘त्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ ।

राष्ट्रपतिको ह’ ‘त्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । रुसी सेनाले युक्रेन ह’म’लालाई झनै आ’क्र’म’क बनाएको छ । शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आ’ण’वि’क केन्द्रमा आ’गो ल’गा’इदिएको थियो । आ’गो ल’गा’इदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ ।

युरोपकै ठूलो बताइएको सो आ’ण’वि’क केन्द्रमा भएको ह’म’लाको विश्व समुदायले निन्दा गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्