रूसद्धारा मानवीय सहायताका लागि भन्दै यु-द्धविराम घोषणा




काठमाडौँ :

युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी यु’द्ध विरामको घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युक्रेनका दुई शहरमा यु’द्धविराम घोषणा गरेको छ । मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ जनाइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी यु’द्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी यु’द्ध विराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रक्षा मन्त्रालयले यु’द्ध विराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् । युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।

रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।

“आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्ध विराम लागु हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस भन्ने उद्देश्यले अस्थायी युद्ध विराम गरिएको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

रुसी सेनाले गत फेब्रअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ । मारीओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्ध विराम घोषणा गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्