पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले जुलुस




काठमाडौं:

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँ के जुलुस प्रदर्शन गरेको छ । उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।

बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।

यो पनि, म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीे भवन निर्माण भएको छ । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजना अनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो ।

प्रदेश प्रहरी कार्यालय मार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । “ निर्माण व्यवसायीले भवनको चावी हस्तान्तरण गरिसकेका छन्”, उहाँले भन्नुभयो “जनशक्ति व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गर्ने तयारीमा छौ ।”

तीन तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा छन् । दुई वटा भान्छा कोठा, शौचालय र स्नानगृह छन् । भवन बनाउन वि.स. २०७७ असोजमा शिवाको–जयलक्ष्मी जे.भी बागलुङले रु. एक करोड ८७ लाख ६२ हजारमा ठेक्का लिएको थियो ।

भवन निर्माणका लागि गाउँपालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठू खत्रीले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् ।

घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् ।

अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन वनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्