पिडित गायिकाले वकिललाई दिईन यस्तो बयान




काठमाडौं :

सिनेमा र म्युजिक भिडियोबाट स्थापित अनुहार हुन्, पूर्णविक्रम शाह अर्थात् पल शाह । सिल्भर स्क्रिनमा उनले रहरलाग्दो छवि बनाएका छन् । त्यसैको प्रभावमा एउटा ठूलो जमात पललाई आफ्नो ‘आइडल’ मान्छन् ।

उनका ‘डाइहार्ट’ फ्यान सामाजिक सञ्जालदेखि सिनेमा हलसम्म ताँती लाग्छ । तिनै ‘डाइहार्ट’ फ्यानहरु नै अहिले पीडित किशोरीलाई तथानाम भन्न उद्यत छन् । सामाजिक सञ्जालमा पल शाह निर्दाेष हुन् भनेर भिख माग्नेहरुको संख्या बग्रेल्ती छ ।

पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्। उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी गरे।

ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि कर णी भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन। तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।

यस्तो ज’घन्य अ’पराधमा पीडितले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए।

उनी थुनिएदेखि दमौलीमा भीड जम्मा भयो। काठमाडौंदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालयवरपरका होटल र रेस्टुरेन्टले ४–५ दिन राम्रै व्यापार गरे। बिहीबार उनीहरू फर्किएपछि भने प्रहरी कार्यालयवरपर सुनसान देखियो। शुक्रबार काठमाडौंबाट एक युवतीमात्रै शाहलाई भेट्न आइन्।

पीडित नाबालिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा बयान दिइन्। उनले जाहेरीमा उल्लेख भएको व्यहोरालाई बल पुग्ने गरी बयान दिएको श्रोतले बतायो। उनका अनुसार पीडित गायिका आफ्नो बयानमा अडिग छिन्।

अधिवक्ता राधिका खतिवडाका अनुसार कर णी घटनामा प्रत्यक्षदर्शी हुँदैनन्। भिडियो प्रमाण पनि हुँदैन। नाबालिकाले जाहेरीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अदालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुने उनले बताइन्।

कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग भनी परिभाषित गरेको छ, जो मानसिक एवं भावनात्मक रुपले आफ्नो प्रतिरक्षा गर्न सक्ने अवस्थाका हुँदैनन् । अधिवक्ता खतिवडा भन्छिन्, ‘उनीहरुको संरक्षक राज्य एवं समाज हो । तर, पितृसत्ता मा’नसिक’ताले ग्रसित हाम्रो समाज नारीको च’रित्रमा’थि बढी प्रश्न उठाउने गर्छ ।

कार्यालयले अन्य साक्षीको बयान लिइरहेको छ। पीडितका तर्फबाट पूर्वी नवलपुर प्रहरी कार्यालयमा पनि शाहविरुद्ध कर णीको उजुरी परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पीडितकै पक्षमा बयान दिइसकेका छन्। प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन्। उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शा’री’रि’क स’म्प’र्क नभएको बयान दिएका छन्। पीडितको स्वास्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्रतिवेदन आइसकेको छ।

पल प्रकरणमा नाबालिग पीडितमाथि सर्वसाधारण मात्र होइन, कथित अभियन्ता, कलाकर्मी समेतले औं’ला ठ’ड्याइरहेका छन्, आफूलाई सम्हाल्न नसक्ने, अनि अरुलाई दोष दिने ?’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्