सुनको मुल्य फेरी उकालो लाग्यो, एकै दिन २ हजारले बढ्यो




काठमाडौ । लगातार उकालो लागेको सुनको मुल्य फेरी बढेको छ । सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो । हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।

युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको पनि उनले जानकारी दिए । यसअघि गएको वर्षको साउनमा सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसपालि भाउ बढेर यो मूल्य नाघ्ने अनुमान गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदीको भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्