युक्रेनले माग गरिरहेको ‘नो-फ्लाइ जोन’ भनेको के हो ?




एजेन्सी –

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक पटक फेरि पश्चिमा राष्ट्रलाई युक्रेनमा ‘नो-फ्लाइ जोन’ अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

तर, सैन्य सङ्गठन नेटोले त्यसको विरोध गरिरहेको छ। किन ? यु’द्धमा नो-फ्लाइ जोन भनेको विमानलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नबाट रोक्नको लागि हो। सामान्यतया आ’क्र’मण वा निगरानीलाई नियन्त्रण गर्नका लागि हवाई प्रवेश रोकिन्छ।

तर यस्तो प्रतिबन्ध सैन्य माध्यमबाट लागू गरिनु पर्छ। युक्रेनमाथि नो-फ्लाइ जोन घोषणा गर्नुको अर्थ विशेष गरी नेटो सेनासहित अन्य सैन्य बलहरू आकाशहरूमा देखिएका कुनै पनि रुसी विमानहरूसँग प्रत्यक्ष सं’ल’ग्न हुनेछन् र आवश्यक परेको खण्डमा ती विमानहरूमाथि गो’ली प्र’हा’र गर्नेछन्।

यसले प्रभावकारी रूपमा पश्चिमी राष्ट्रहरूलाई रुससँग सैन्य ल डा इँमा ल्याउनेछ। र, यसले यु’द्धको घटनाक्रम नाटकीय रूपमा बढ्नेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्