तनहुँको घना बस्तीमा भिषण आगलागी: ७ घर जले, काठमाडौवाट हेलिकप्टरमा पानी मगाइयो-डोजरले घर भत्काउँदै




काठमाडौ । तनहुँको दमौली बजारमा आगलागी भएको छ । आइतवार विहानबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगलागी अनियन्त्रित भएपछि स्थानीय त्र सित बनेका छन् । त्यहाँको एक हार्डवेयरको गोदाममा आ गो सल्किएको हो । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

विद्युत् लाइन स र्ट भएर आ गो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आ गो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर ज लेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आ गोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ ।

यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको जानकारी दिए । तनहुँ जिल्ला प्रशासन कार्यालयले आगलागी नियन्त्रणमा लिन प्रयास जारी भएको बताएको छ । अहिलेसम्म कुनै मनवीय क्षति भएको छैन ।

स्थानीय प्रहरी र स्थानीयको प्रयासमा आ गो नियन्त्रणमा आउन सकेको छैन । आ गो नियन्त्रणमा आउन नसकेपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पानी लिएर दमौली प्रस्थान गरेको छ । आगलागी भएको स्थानमा घनाबस्ती भएकाले स्थानीय त्र सि त भएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्