दमौलीमा लागेको आगो यसरी आयो नियन्त्रणमा




काठमाडौ । तनहुँ सदरमुकाम दमौलीको निकै ब्यस्त बजारमा लागेको आ गो नियन्त्रणमा आएको छ । आइतवार विहान लागेको ३ घण्टा पनि नियन्त्रणमा आएको छ । आ गो निभाउन काठमाडौंबाट लगिएको हेलिकप्टरले आकाशबाट पानी खन्याएको थियो।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार दमौली बजारको भोर्लेटार चोकस्थित भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा लागेको आ गो निभाउन पोखरबाट चारवटा र लमजुङबाट एउटा दमकल ल्याइएको थियो। स्थानीय सेना, प्रहरी र वारुण यन्त्रले पनि निभाउन नसकिएपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर र दुई छिमेकी जिल्लाबाट दमकल ल्याइएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। आ गो निभाउन स्थानीय बजारका ट्यांकर पनि प्रयोग गरिएको थियो। क्षतिको विस्तृत विवरण संकलन भइरहेको अर्यालले बताएका छन्। निकै ब्यस्त र घना वस्तीमा आगलागी भएका कारण स्थानिय निकै त्र सित भएका थिए । काठमाडौवाट हेलिकप्टर मगाइएको थियो भने स्काभेटरले जोडिएका घरहरु भत्काएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्