माधव नेपाल पनि केपी ओलीकै लाइनमा भने, ‘संसद भंग गरेर चुनावमा जाऔं’




काठमाडौं :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा बि’तण्डा म’च्चाएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने। संसदमा केपी ओलीको बि’तण्डा कति सहने।’

नेपालले संसद निरन्तर अवरोध हुनेभए संसद भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे। संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्न संसद भंग गर्नुपर्ने बताए। संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ।

प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाही गरेका माधव नेपालसहित १४ संसदमाथिको कारबाही सदर हुनुपर्ने या सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्