भोलि यी ठाउँमा सार्वजनिक बिदा दिने निर्णय




पोखरा :

तत्कालीन पोखरा नगरपालिकाका प्रधानप’ञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शो’क मनाउने भएको छ । सोमबार महानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ती जारी गरी शेरचनको निधनले पोखरालाई अ’पुरणी’य क्ष’ति पु’गेको भन्दै उनको निधनमा १ दिन सार्वजनिक बिदा दिइएको बताए ।

शेरचन २०३२ देखि २०३८ सम्म पोखराको प्रधानप’ञ्च बनेका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । शेरचनको आइतबार ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री थिए । ‘शेरचनको निधनले हामी दु:खी भएका छौं । इमान्दार र विकाशप्रेमी शेरचनको निधनले पोखरालाई अ’पुरणी’य क्ष’ति पु’गेको छ,’ शो’क विज्ञप्तिमा भनिएको छ, ‘नगर पन्चायतको प्रधानप’न्च भएर उहाँले पुर्‍याउनुभएको योगदानलाई पोखरेलीले सम्झिरहने छन् । फागुन २३ गते पोखराका कार्यालयहरु शो’क वि’दाको रुप्मा बन्द रहने ब्यहोरा सबैमा जानकारी गराइन्छ ।’

यस्तै शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

प्रवक्ता श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन्। उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ।

उनको निधनले राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको लिङ्देनले बताएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्