पल शाहलाई हिरासतमै राख्न सक्ने यी ५ प्रमाण




तनहुँ :

नाबालिग गायिकामाथि कर णी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई कर णी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।

जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पल र पीडित किशोरीबीच भएको एउटा अडियो कुराकानीलाई बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्ने तयारी गरेको छ।

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग कर णीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ। उक्त अडियोमा पलले पीडित किशोरीतिर संकेत गर्दै स्पष्ट भनेका छन्, ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो। गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला। यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन। हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’

‘यो अडियो सुन्दा पलले किशोरीसँग शा’री’रि’क स’म्पर्क राखेको स्पष्ट पुष्टि हुन्छ। त्यसैले अदालतमा जाँदा हामीले यसलाई एउटा बलियो प्रमाण ठानेका छौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्