पल शाहलाइ आइलाग्यो अर्को समस्या




तनहुँ :

नाबालिग गायिकामाथि कर णी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई ज’ब’रज’ स्ती कर णी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।

दोस्रोपटक १२ दिनको म्याद लिनुअघि नै जिल्ला प्रहरी कार्यालय तनहुँले नायक पल शाहविरुद्धको मुद्दामा जोडिएका ५ जनासँग बयान लिइसकेको छ।

नायक पल शाहविरुद्ध उनै नाबालिगले पूर्वी नवलपरासीमा पनि कर णी आरोप लगाउँदै जाहेरी दिएकी छन्। अघिल्लो उजुरीबमोजिम पल शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकै दिन गैंडाकोट इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको हो।

त्यहाँको प्रहरीले जाहेरी दर्ता गरी पल शाहलाई पठाइदिन आग्रह गर्दै पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनमै पललाई गैंडाकोट पठाउने तयारी गरेको छ।

तनहुँमा भन्दा पहिले नवलपुरमा घटना भएकाले २१ दिनभित्रमा मुद्दा बुझाइसक्नु पर्ने बाध्यता रहेको नवलपुरका एक प्रहरी अधिकारीले बताए।

पल शाहविरुद्ध जिल्ला अदालत तनहुँ र नवलपुरमा छुट्टाछुट्टै तर ब’ला’त्का’रकै मुद्दा दर्ता हुने भएका छन्। घटनाको समय, घटनास्थल पनि फरकफरक भएकाले छुट्टाछट्टै मुद्दा चल्ने भएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्