घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए




लमजुङ :

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।

२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियाे । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन्।

आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन। उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४०६ पर्यटक भित्रिए।

पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन परानै लयमा फर्किएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्