ललितपुरमा एकै घरका ५ जनाको मृत्यु, घटनास्थलमा फेला परे यस्ता बस्तु




काठमाडौ । ललितपुरमा एकै घरका ४ जना मृ त फेला परेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृ त फेला परेको प्रहरीले जनाएको छ । थप एक जनाको पनि उपचारका क्रममा निधन भएको छ । प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको थियो । अस्पतालमै एक जनाको निधन भएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृ त फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

प्रहरीले घटनास्थलमा वि षको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । घटनाको कारण थाहा हुन सकेको छैन । फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्